टिभी अन्नपूर्णकर्मी अर्याल र सिंहलाई ट्याक्सी व्यवसायीको सम्मान


टिभी अन्नपूर्णकर्मी तुल्सी अर्याल र महेन्द्र सिंह ठकुरी ट्याक्सी व्यवसायीका समस्यालाई मिडियामार्फत उजागर गरेको भन्दै सम्मानित भएका छन् ।  विहिबार उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले काठमाण्डौमा एक कार्यक्रम गरि अर्याल र सिंहलाई सम्मान गरेको हो । ट्याक्सी व्यवसायभित्रका समस्या, ट्राफ्रिक व्यवस्थापन लगायतका बिषयमा पत्रकारद्धयले टिभी अन्नपूर्णमार्फत निर्वाह गरेको भूमिकाको प्रशंसा गदै उनिहरुलाई सम्मान गरिएको हो ।

राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दाहालको उपस्थितीमा भएको सम्मान कार्यक्रममा पत्रकार रवी लामिछाने र प्रहरी निरिक्षक एलीजा गिरीसमेत सम्मानीत भएका थिए ।

सम्मानित व्यक्तिहरुलाई राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दाहाल र व्यवसायी सेवा समाजका अध्यक्ष सानु पूर्वछाने मगरले खादा र सम्मानपत्रले सम्मान गरेका थिए ।

राजधानीको भृकुटीमण्डपमा भएको कार्यक्रममा उपत्यकाको ट्राफिक व्यवस्थापनमा ट्राफिक व्यवस्थापनमा ट्याक्सी चालकको भूमिका, ट्याक्सी व्यवसायीका समस्या लगायतका बिषयमा अन्र्तक्रिया समेत गरिएको थियो ।


Related posts

Leave a Comment