पिपलपाटामा निःशुल्क स्वास्थ्य शिविर


गतिशील समावेशी समाज विकास युवा सञ्जाल ,गुल्मीले गुल्मी चन्द्रकोट ८ तुराङ्ग पिपलपाटा र मजुवामा गरी दुई दिने निःशुल्क स्वास्थ्य शिविर  सम्पन्न गरेको छ । कार्यक्रममा करिब  बाह्र सय जना बिरामीले स्वास्थलाभ लिएका छन्। कार्यक्रमको मुख्य प्रायोजक ईश्वरी ज्ञवाली तथा छोरा डा कमल ज्ञवालीले गरेको सञ्जालका अध्यक्ष चिरनजिवि अर्यालले टिभी अन्नपूर्णलाइ जानकारी दिए । शिविर जनता बाल निकेतन मावि पिपलपाटा र मजुवा स्वास्थ्य चौकीमा सञ्चालन गरिएको थियो । उक्त शिविरमा जनरल फिजिसियन डा रन्धीर यादवको नेतृत्वमा ६ जना  एमबीबीएस डाक्टरहरू सँगै १७ जनाको टिमले सेवा प्रदान गरेका थिए ।

उक्त शिविर कार्यक्रमका प्रमुख अतिथि दोर्ण खत्रीले सञ्जालले स्थापनाको यति छोटो अवधिमा विविध प्रशंसनीय कार्य गरेकोमा सञ्जाललाई बधाई तथा धन्यवाद सँगै युवाहरू नै देश र समाजका सशक्त सकारात्मक परिवर्तनका संवाहक भएको बताए । शिविरमा ६ महिनाको बालक देखि ९० वर्षे वृद्ध वृद्धाले समेत सेवा लिएका थिए ।

 


Related posts

Leave a Comment