संसद चल्न नदिने काँग्रेसको निर्णयः मर्यादापालक तयारी अवस्थामा


कांग्रेस संसदीय दलको बैठकले आफ्ना माग पूरा नभएसम्म संसदको अवरोध जारी राख्ने निर्णय गरेको छ । केही बेर अघि सम्पन्न संसदीय दलको बैठकले केहीबेरपछि बस्ने संसद बैठकमा शसक्त रुपमा प्रस्तुत हुने निर्णय गरेको सचेतक पुष्पा भुषालले जानकारी दिइन् ।

आफ्ना नेता गिरिजाप्रसाद कोइराला र शुसिल कोइरालाका नाममा रहेका अस्पताल सरकारले खारेज गर्न खोजेको र डा। केसीसँगको सम्झौता विपरित चिकित्शा शिक्षा विधेयक पारित गर्न खोजेको भन्दै कांग्रेसले संसद बैठक अबरुद्ध पारिरहेको छ ।

उसले केहीबेरमा बस्ने बैठकमा पनि अवरोध गर्ने निर्णय गरेको हो । सत्तापक्षले भने आज विधेयक पारित गराएर छोड्ने घोषणा बिहिबार गरिसकेको छ । सत्तारुढ र प्रतिपक्षी दल आक्रामक बनेपछि शुक्रबारको संसद बैठकमा पनि मुठभेडको खतरा छ ।


Related posts

Leave a Comment