‘चिकित्सा शिक्षा विधेयक प्रक्रियाअनुसार नै टुंग्याउनु पर्छ’:सभामुख महरा


प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा विधेयक रोस्ट्रमबाट नै प्रस्तुत हुने बताएका छन्। बिहीबार पत्रकारहरूसँग कुराकानी गर्दै सभामुख महराले विधेयक संसदीय प्रक्रियाअनुसार नै टुंग्याइने बताएका हुन्।

‘चिकित्सा शिक्षा विधेयक प्रक्रियाअनुसार नै टुंग्याउनु पर्छ,’ सभामुख महराले भने, ‘के हुन्छ भन्नेकुरा भोलि नै थाहा हुन्छ।’

बुधवार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई चिकित्सा शिक्षा विद्येक संसद प्रस्तुत गर्न लाग्दा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेको थियो। आफ्ना दुई पूर्वसभापतिका नाममा अस्पतालबारे कांग्रेसले संसद अवरोध गरिरहेको छ।

चिकित्सा शिक्षा विधेयक प्रक्रियामा गइसकेको हुनाले विधेयक पास गर्न राम्रो हुने सभामुख महराले बताए।

नेपाली कांग्रेसले लामो संसदीय अभ्यास गरेको हुनाले संसदीय मर्यादा भुल्न नहुने सभामुख महराको भनाइ छ।


Related posts

Leave a Comment