पुनर्स्थापना केन्द्रमै सेवाग्राहीको हत्या, अभियुक्त छोड्न प्रदेश प्रमुखको दबाव


अभियुक्त छोड्न प्रदेश प्रमुख अनुराधा कोइरालाको दवाव

ललितपुरको महालक्ष्मी–४ स्थित एक पुनर्स्थापना केन्द्रमा शारीरिक यातनाका कारण एक जनाको मृत्यु भएको छ ।एक सेवाग्राहीको केन्द्रभित्रै मृत्यु भएपछि प्रहरीले सञ्चालकसहित दुईजनालाई पक्राउ गरेको छ । सोलुका २८ वर्षीय छिरिङ ग्याल्जेन शेर्पा र झापा विर्तामोड–४ का ४८ वर्षीय सुनील खड्का क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो । शेर्पा पुनर्स्थापना केन्द्रका अध्यक्ष र खड्का म्यानेजर हुन् । उनीहरूले केही वर्षदेखि ललितपुर महालक्ष्मीस्थान–४ स्थित सेतीपाखामा वी केयर लागुऔषध पुनर्स्थापना तथा सुधार केन्द्र सञ्चालन गर्दै आएका थिए । प्रहरीका अनुसार सुधार केन्द्रमा दोलखा वैतेश्वर–६ नाम्दुका ४३ वर्षीय सीताराम घिमिरेको मृत्यु भएको हो । लागुऔषध सेवनबाट छुटाउन उनलाई परिवारका सदस्यले ३ माघमा पुनर्स्थापना केन्द्रमा भर्ना गरेका थिए । उनको ६ माघमा मृत्यु भएको हो ।

घटनाको अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख डिएसपी गौतम मिश्रले घिमिरेको मृत्यु शंकास्पद देखिएको बताए । उनले भने, ‘घिमिरेको मृत्यु शंकास्पद देखिन्छ । शरीरमा नीलडाम पनि रहेको पाइयो । पोस्टमार्टम रिपोर्ट भने आइसकेको छैन । अनुसन्धानका लागि दुईजना पक्राउ गरेको छौँ । केही दिनमै तथ्यबाहिर आउला ।’
परिवारका सदस्यले भने घिमिरेको मृत्यु नभई हत्या भएको दाबी गरेका छन् । घटना हेर्दा करेन्टको झड्कापछि उनको मृत्यु भएको हुन सक्ने मृतकका भतिज गान्धीवकुमार घिमिरेले बताए ।

??

उनले भने, ‘हामीले मृतकको शरीर हेर्यौँ । हातखुट्टा जताततै नीलडाम देखिन्छ । करङ पनि भाँचिएको रहेछ । करेन्ट लगाएर उनको हत्या गरिएको हुन सक्ने हाम्रो अनुमान छ । पोस्टमार्टम रिपोर्ट अझै प्राप्त भएको छैन । हत्या नै भएको किटानीका साथ हामीले जाहेरी प्रहरी कार्यालयमा दर्ता गराएका छौँ । दुईजना समातिएका छन् । तर, घटना के हो अझै प्रहरीले खुलाउन सकेको छैन ।’

गान्धिवकुमारका अनुसार प्रतिमहिना १५ हजार बुझाउने गरी मृतक घिमिरेलाई केन्द्रमा भर्ना गरिएको थियो । सुरुमा केन्द्रले ४५ हजार रुपैयाँ डिपोजिट मागे पनि पछि महिनाको अग्रिम रकम भन्दै १५ हजार रुपैयाँ लिएको थियो ।

अभियुक्त छोड्न प्रदेश प्रमुख अनुराधाको दवाव

तीन नम्वर प्रदेशको प्रमुख अनुराधा कोईरालाले घट्नालाई मिलाउन पटक पटक फोन गरेर दवाव दिएको प्रहरी स्रोतले बतायो । छिरिङ ग्याल्जेन शेर्पा र सुनिल खड्कालाई तत्काल छोड्न पीडित र प्रहरीलाई दवाव दिएकी हुन्।प्रदेश प्रमुख कोइरालाको सुनिल खड्का आफन्त हुन्।

पुनर्स्थापना केन्द्रनै मापदण्ड विपरीत

ललितपुर महालक्ष्मीस्थान–४ स्थित सेतीपाखामा वी केयर लागुऔषध पुनर्स्थापना तथा सुधार केन्द्र न्युनतम मापदण्ड विनानै संचालन गरेको पाईएको छ। पुनस्र्थापना केन्द्रमा कुनै न त कुनै यातायातका साधन छन् न त कर्मचारी नै । यतीसम्मकी सुधार केन्द्रमा स्वास्थ्यकर्मी पनि छैनन ।

पुनर्स्थापना केन्द्ररको नियमन गर्ने निकायले अनुगमन नगरेकोले समस्या भएको प्रहरी स्वयमः स्वहिकार गर्छ । पुनस्र्थापना केन्द्र पटक पटक विवादमा आउने गरेकोमात्रै होईन यातना केन्द्रको रुपमा विकाश भईरहेको टिप्पणी समेत हुने गरेको छ।


Related posts

Leave a Comment