प्रतिनिधि सभामा मर्यादापालको संख्या बढाइयो, संसद भवन आसपास बाक्लै सुरक्षाकर्मी


संघीय संसदको प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्न लागेको छ। राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच मुठभेडको माहोल बनिरहेको अवस्थामा प्रतिनिधिसभाले विवादकै बीच यसलाई पारित गर्ने तीब्र तयारी गरेको छ।

संघीय संसद्को सचिवालयका अनुसार शुक्रबारका लागि बोलाइएको बैठककमा उक्त राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची रहेको छ। संसदले विधेयक अघि बढाउने तयारी गरे पनि नेपाली कांग्रेसले यसलाई अघि बढ्न नदिनेमा विभिन्न कोणबाट तयारी गरिहेको छ।

गत मंगलबार र बुधबार विधेयक पेस गर्न सभामुख कृष्णबहादुर महराले शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई अनुमति दिए पनि कांग्रेसको अवरोधले रोकिएको थियो।

संसदमा मुठभेडको खतरा संकेतपछि संसद् सचिवालय त्यसको पूर्वतयारीमा जुटेको छ। सचिवालयका अनुसार, अप्रिय घटना हुन नदिन मर्यादापालकको संख्या बढाइएको छ भने संसद भवन आसपास प्रयाप्त मात्रमा सुरक्षाकर्मी समेत परिचालन गरिएको छ।


Related posts

Leave a Comment