गाउँपालिका उपाध्यक्षको नेतृत्वमा मुर्ति तस्करी, दुई अध्यक्ष धरौटीमा छुटे


गाउँपालिका उपाध्यक्षकै संलग्नतामा बौद्दको मुर्ति चोरी भएको पाइएको छ । उपल्लो डोल्पाको डोल्पोबुद्ध गाँउपालिकाका उपाध्यक्ष मलामटसी गुरुङ प्राचीन बौद्ध मुर्ति तस्करीमा संलग्नता रहेको पाइएको हो। शे–फोक्सुण्डो गाँउपालिका, ४ राहाप गुम्बाबाट प्राचीन बौद्ध मुर्ति र स्तुपा तस्करी गरेको अनुसन्धानबाट खुलेको हो ।

राहाप गाउँपालिकाबाट हराएको ३८ थान मुर्ति र स्तुपा चोरीमा उपाध्यक्ष गुरुङ मुख्य नाइके जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

मुर्ति चोरीमा संलग्नलाई पक्राउ गर्न थालेपछि गुरुङ भारतमा लुक्दै आएको प्रहरीले जनाइको छ । मुर्ति चोरीमा संलग्न ४ जनालाई पक्राउ गरिसकेको छ ।

मुर्तिमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई अध्यक्ष धरौटीमा रिहा भएका छन् । डोल्पोबुद्ध गाँउपालिका, ५ का वडा अध्यक्ष कार्मा गुरुङ वडा नम्बर ३ का छिरिङ धावा गुरुङ पचास हजार रुपैयाँ धरौटीमा रिहा भएका हुन् ।


Related posts

Leave a Comment