खेल नै समृद्धिको आधार हो: मन्त्री खनाल


कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले खेल नै समृद्धिको आधार भएको बताएका छन् ।

तुलसीपुर उपमहानगरपालिकाले आजदेखि आयोजना गरेको मेयरकप भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा मन्त्री खनालले विकसित देश खेलकै माध्यमबाट समृद्ध बनेकाले नेपाललाई पनि खेल क्षेत्रबाट समृद्ध बनाउनुपर्ने बताए । सो अवसरमा सांसद हिराचन्द्र केसीले प्रतियोगिताको सफलताको कामना गरेका हुन् । तुलसीपुर उपमहानगरपालिकाका खेल संयोजक अमर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले खेलको माध्यमबाट तुलसीपुरलाई समृद्ध बनाउन प्रतियोगिताको आयोजना गरिएको बताए ।

यस वर्ष जिल्लाका स्थानीय तहस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगिता यही माघ १३ गतेसम्म चल्ने छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश : रु ७५ हजार, रु ५० हजार र रु ३० हजार पुरस्कार प्रदान गरिनेछ ।


Related posts

Leave a Comment