कटारीका मजदुरले स्थानीय सरकारलाई बुझाए ज्ञापन पत्र


अभिमन्यु लामिछाने, टिभी अन्नपूर्ण, उदयपुर ।
कटारीका मजदुरले स्थानीय सरकार समक्ष ज्ञापनपत्र बुझाएका छन्। बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियनले आज कटारी नगरपालिकाको कार्यालयमा आएर ज्ञापनपत्र बुझाएका हुन।

ज्ञापनपत्र बुझ्दै कार्यवाहक नगरप्रमुख भीम कुमारी राउतले स्थानीय सरकारले सम्बोधन गर्न सकिने मजदुरका मागहरू सम्बोधन गर्न आफूले सहयोग गर्ने बताए। नेपाल सरकारबाट अनुभव प्राप्त सम्पूर्ण निर्माण व्यवसायीलाई सामाजिक सुरक्षा कोषमा सुचीकृत गरी उनीहरूसँग काम गर्ने सम्पूर्ण मजदुरहरूको नाममा सामाजिक सुरक्षा कोष कट्टा गर्ने व्यवस्था गर्न र सम्पूर्ण श्रमिकहरूलाई सामाजिक सुरक्षाकोषमा सुचीकृत गराउने व्यवस्था गर्न गरिएको मजदुर युनियन कटारीका अध्यक्ष तेज नारायण अधिकारीले बताए।

हामीले स्थानीय सरकार समक्ष ज्ञापनपत्र पेस गरेका छौ। सरकारले घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षामा काम गराउन समेत ध्यानाकर्षण गराइएको अध्यक्ष अधिकारीले बताए।


Related posts

Leave a Comment