प्रशासनलाई अखिल क्रान्तिकारीको चेतावनीः ‘उखेलेर फालेकोे काँडेतार त्यसै गरी लगाइयोस’


चितवनको माडी स्थित नेपाल भारत सीमामा विप्लव निकटको अखिल क्रान्तिकारीले लगाएको काँडेतार प्रहरीले हटाएकोमा आक्रोस ब्यक्त गरेको छ । खुला सीमानाका कारण स्थानीयले सास्ती खेप्नु परेपछि लगाइएको काँडेतार हटाउनुले आफुलाई आक्रोसित बनाएको क्रान्तिकारीले जनाएको छ । बिहीवार एक विज्ञप्ति जारी गर्दै भारतीय शासकहरुको निर्देशनमा काँडेतार हटाइएको भन्दै उक्त कार्यको भ्रत्सना गरेको छ । क्रान्तिकारकिा अध्यक्ष चिरञ्जीवी ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, आफैले सीमा सुरक्षा गर्नु पर्नेमा स्थानीयले स्वतः स्फुर्त रुपमा लगाएको काँडेतार हटाउनुले सरकारले भारतीय साम्राज्यवादीको दलाली गरेको प्रष्ट छ । वर्तमान सरकारले कम्युनिष्टको खोल आडेको संज्ञा दिँदै उखेलेको काँडेताल लगाइदिन चेतावनी दिएको छ । उक्त काँडेतार सरकारले पूनः नलगाए संघर्ष चकाउने चेतावनी दिएको छ । गत मंगलवार क्रान्तिकारीले सीमा क्षेत्रमा काँडेतार लगाएको थियो । सोही राति प्रहरीले उक्त काँडेतार हटाएको थियो ।

नेपाल–भारत सिमानामा विप्लव निकटको अखिल क्रान्तिकारीले लगायो काँडेतार

विप्लवको अखिल क्रान्तिकारीले लगाएको काँडेतार प्रहरीले रातारात हटायो


Related posts

Leave a Comment