अज्ञात रोगका कारण उदयपुरको बेलकामा बाख्रा मर्न थाले


अभी लामिछाने, टिभी अन्नपूर्ण उदयपुर ।
उदयपुरको बेलका नगरपालिकामा अज्ञात रोगका कारण बाख्राहरु मर्न थालेका छन। बेलका नगरपालिकाको वडा ८ मा स्थानीयले पालेका बाख्राहरु धमाधम मर्न थाले पछि कृषकहरु चिन्तित बनेका हुन । बाख्रापालनको पकेट क्षेत्रको रुपमा रहेको वडा नम्बर ८ का बाख्राहरुमा पातलो सिँगान, निरन्तर पखाला र ज्वरो आउने समस्या देखिएको राष्ट्रिय कृषक समूह महासंघका नारद निरौलाले बताए । ८ नम्बर सँग जोडिएका नजिकैका वडाहरु ९, ४, ६, ७ का बाख्रा समेत विरामी परेकाले सम्बन्धित सरोकारवालाहरुसँग कृषकले सहयोग माग गरेका छन ।
कृषक महासंघका नारद निरौलाले महामारी फैलिरहेकोले रोकथामको लागि प्रदेश सरकार, संघ सँग सामाजिक संजाल मै सहयोग माग गरेका छन ।
बाख्रामा देखिएको माहामारी रोकथामको लागि नगरपालिकाले प्राविधिकहरु वडामा खटाईसकेको बेलका नगरप्रमुख दुर्गा कुमार थापाले बताए । पशु प्राविधिकको टोली गाउँमा पठाएर मृतक बाख्राको पोष्टमार्टम गरिएको र रिपोर्ट अनुसार उपचार गरिने पनि थापाले जानकारी दिए । ‘मृतक बाख्राको पोष्टमार्टम रिपोर्ट आएपछि प्राविधिकहरु उपचार गर्ने तयारी गरेका छन ।’ थापाले भने ‘आज रिपोर्ट आउछ, हिजो नै पशु ज्ञान केन्द्रका डाक्टर सहितको टोली परिचालन गरिएको छ, आज प्रदेशको पशु डाक्टरहरुको टोली आउदैछ ।’ पशु चिकित्सकले प्रारम्भिक रुपम बाख्रामा देखिएको संक्रमण पिपीआर रोगको शंका गरेका छन ।


Related posts

Leave a Comment