एका बिहानै काठमाडौंका सडकमा दुई सय एम्बुलेन्स !


नेपालमा पहिलो पटक एम्बुलेन्स दिवस मनाइएको छ । ‘एम्बुलेन्सलाई पहिलो प्राथमिकता दिउँ’ भन्ने नाराका साथ शुक्रवार बिहानै एम्बुलेन्स र्याली निकालिएको हो ।
एम्बुलेन्सको साईरन संकेतसहित शिक्षण अस्पताल महाराजगञ्जबाट निकालिएको एम्बुलेन्स ¥याली चावहिल, गौशाला, तिनकुने, बानेश्वर, त्रिपुरेश्वर, लाजिम्पाट हुँदै शिक्षण अस्पताल पुगेर समापन भएको थियो ।

काठमाडौंका सरकारी र नीजि अस्पतालको सहकार्यमा एम्बुलेन्स दिवस मनाइएको हो । काठमाडौंमा सवारी चाप बढी रहेको अवस्थामा अस्पतालहरुले साईरन संकेतका एम्बुलेन्सलाई प्राथमिकता दिन आग्रह गरेका छन् । उनीहरुले सवारीजाम र जनचेतनाको अभावका कारण पनि एम्बुलेन्सले प्राथमिकता नपाउने गरेको भन्दै एम्बुलेन्सको महत्व बुझाउन जनचेतना ¥याली निकालेको बताएका छन् । साईरन संकेतसहितका झण्डै दुईसय एम्बुलेन्स काठमाडौंका सडकमा एक साथ कुदाइएको थियो । पथमा धेरै संख्यामा निस्किएका छन् । ठूलो संख्यामा एम्बुलेन्स सडकमा निस्किएपछि मानिसलाई आश्चर्य लागेको छ ।


Related posts

Leave a Comment