इलाका प्रहरी कार्यालय लहानले अपराधी संरक्षण गरेको आरोप


आलोक यादव, टिभी अन्नपूर्ण सिरहा ।

इलाका प्रहरी कार्यालय लहानले अपराधी संरक्षण गर्ने गरेको आरोप लागेको छ । गलत गर्नेलाई कारबाही गर्नुको छलफललाई प्राथमिकता दिने गरेको आरोप स्थानीयले लगाएका छन् । प्रहरीले गलत गर्नेलाई कारबाही गर्नुपर्नेमा सरकारी कामकाजमा बाधा पुर्‍याउनेलाई समेत लहान प्रहरीले संरक्षण गरिरहेको छ । एक स्थानीयले भने, लहान नगरपालिका वडा नम्बर २० को कार्यालयमा तालाबन्दी गर्नेहरू विरुद्ध कारबाही गर्न वडा समितिले निर्णय गरी निवेदन दिए पनि लहानका डिएसपी राजेश थापाले कुनै चासो नदिएको उनले बताए ।
२० नम्बर वडाका वडा अध्यक्ष गणेश चौधरी भन्छन्,निवेदन नदिँदा निवेदन दिएन भने डिएसपी राजेश थापाले अहिले निवेदन दिँदा पनि कारबाही गर्न अघि बढाएनन्। उनले डिएसपी थापाकै कारण अपराध गर्नेहरूको मनोबल उच्च भइरहेको बताए ।
वडा कार्यालयले लहान २० का राम अवतार महतो लगायतका चार जना विरुद्ध लहान प्रहरीमा लिखित उजुरी दिएका छन् । तर लहान प्रहरीले कारबाही गर्न तयार देखिएका छैनन् । पटक पटक झैझगडामा मुछिने राम अवतार महतो लगायतकालाई कारबाही हुनुपर्ने वडा समितिले निर्णय गरे पनि प्रहरीले भने आरोपितहरू राजनीतिक व्यक्ति हुन वा होइनन् भने छुट्ट्याउन लागेका छन् ।
राम अवतार महतो लगायतका समूहले माघ ४ वडा कार्यालयमा तालाबन्दी गर्दै कर्मचारीलाई दुरब्यबहार गरेका थिए ।


Related posts

Leave a Comment