डा. केसीका २५ समर्थक पक्राउ


अनसनरत डा. गोविन्द केसीको समर्थनमा नाराबाजी गर्ने २५ जना काठमाडौंको बानेश्वरबाट पक्राउ परेका छन्। डा. केसीसँग गरिएको सहमति अनुसार मात्रै चिकित्सा शिक्षा विधेयक पास गर्नुपर्नेमा जोड दिँदै आएका समर्थकहरुले संसद भवनअगाडि (पानीट्यांकी थापागाउँ जाने बाटो) प्रदर्शन गरेका थिए। प्रहरीले सोही ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा उज्वल थापा, शशिविक्रम कार्की,अजिता राई,डा दिनेश प्रसाईं,अम्बिका कार्की, सुजन श्रेष्ठ, रामजी पन्त, मिलन पाण्डे, सोनम थिमी लगायत रहेका छन्।

डा केसीसँग गरिएको सम्झौताविपरीत चिकित्सा शिक्षा विधेयक संसदबाट आजै पारित गर्ने तयारीमा सरकार छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने पेलेर जान खोजिए मुठभेडको अवस्था आउन सक्ने चेतावनी दिइसकेको छ।


Related posts

Leave a Comment