संसदमा काँग्रेसको नाराबाजी


चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची रहेको प्रतिनिधि सभाको बैठक शुरू भएको छ । शुक्रवार बसेको बैठकको शुरूमा सभामुखसँग समय लिएर नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले अहिलेको कम्युनिष्ट सरकार नेपाली कांग्रेसको इतिहास मेटाउन लागिपरेको आरोप लगाइन् ।
‘हामी संसदीय अभ्यासलाई विश्वास गर्छौं, तर म फेरि सरकार दुईतिहाइबाट बन्ला, सदन दुईतिहाइबाट चलाउन सकिँदैन, यो चलाउन पाइँदैन । संसद्‍मा दर्ता भएको विधेयक संसद्को सम्पत्ति हो,’ उनले अघि भनिन् । उनले बोली सकेपछि काँग्रेसले अवरोध जारी राखेको छ । काँग्रेस सांसदहरु रोस्टममा नाराबाजी गरिरहेका छन् ।

बैठकमा चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची छ ।


Related posts

Leave a Comment