अब सदन र सडकमा संघर्ष गर्छौः देउवा(भिडियोसहित)


संसद बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार अधिनाकवादी भएको बताए । साथै सभामुखले आफ्नो पदिय गरिमा कायम राख्न नसकेको उनले बताए । अब सदन र सडकमा संघर्ष गर्ने देउवाले बताए ।

‘वेल घेराउ हुँदाहुँदै अधिनायकवादी शैलीमा विधेयक पारित भयो, सभामुखले पदको गरिमा नै राख्न सक्नुभएन,  मलाई दु:ख लागेको छ,’ बैठकपछि पत्रकारसँग कुरा गर्दै देउवाले भने।

उनले सरकार कांग्रेसले गरेका सबै काम मेट्न लागेको बताए।

यसअघि कांग्रेसको अवरोधबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले  रोष्ट्रममा पुगेर विधेयक पेश गरेका थिए।

उक्त प्रस्तावमा कुनै छलफल नै नगरी विधेयक पारित भएको हो।


Related posts

Leave a Comment