सभामुख सत्ता पक्षका कार्यकर्ताको रुपमा प्रस्तुत भएः काँग्रेस


मुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले संविधान, कानुन तथा संसदीय मूल्य र मान्यता विपरित ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित गरेको गम्भिर आरोप लगाएको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकले सत्तापक्षको बलमा राष्ट्रिय चिकित्सा विधेयक पारित गरेलगत्तै बसेको काँग्रेस संसदीय दलको आकस्मिक बैठकले लोकतान्त्रिक मूल्य र मान्यतामा समेत गम्भिर असर गर्ने गरी सरकारले सो विधेयक पारित गराएको निष्कर्ष निकाल्दै निन्दा र भत्र्सना पनि गरेको छ ।

सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकले शक्तिको दूरुपयोग गर्दै सरकारले सो विधेयक पारित गरेको उल्लेख गर्दै त्यसप्रति आपत्ति जनाइएको छ।

बैठकले सभामुख कृष्णबहादुर महरा सो विधेयक पारित गराउन सत्ता पक्षका कार्यकर्ताको रुपमा प्रस्तुत भएको उल्लेख गर्दै आइन्दा त्यसो नगर्न पनि सचेत गराएको छ ।


Related posts

Leave a Comment