प्रहरी परिसरमा नागरिक सहायता कक्ष


महानगरीय प्रहरी परिसर भक्तपुरले सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले टोकन वितरण थालेको छ ।

प्रहरी परिसरको मुख्य द्वारमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा नागरिक सहायता कक्ष स्थापना गरेर सेवाग्राहीलाई सेवा उपलब्ध गराउन थालिएको प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, “अब सेवा लिन आउने सेवाग्राहीलाई अन्योल हँुदैन ।” सेवाग्राहीले सेवा लिन जाने शाखाको भित्तामा लगाइएको रङ्ग अनुसारको टोकन लिएर जाने र सोही टोेकन अनुसारको रङ्ग लगाइएको शाखामा गएर सेवा लिन सक्नेछन् ।

सेवाग्राहीलाई महिला तथा बालबालिका कक्ष, मुद्दा शाखा, थुनुवा कक्ष, प्रशासन कक्ष, प्रमुखको कक्षलगायतको भित्तामा फरक फरक रङ्ग लगाएर सोही रङ्ग अनुसारको टोकनको व्यवस्था गरिएको छ । “सेवाग्राहीले सेवा नपाएर फर्किनु पर्ने छैन,” श्रेष्ठले भने ।


Related posts

Leave a Comment