अब वैदेशिक रोजगारीमा रहेकाहरुले पनि सञ्चयकोष पाउने, रु.२४ हजार भए पुग्ने

अब वैदेशिक रोजगारीमा रहेकाहरुले पनि सञ्चयकोष पाउने, रु.२४ हजार भए पुग्ने

काठमाडौँ । विभिन्न कामका सिलसिलामा विदेशमा रहेका नेपालीलाई सञ्चय कोष तथा सामाजिक सुरक्षाको दायरामा ल्याउन सुझाइएकोे छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दहालको संयोजकत्वमा गठित कार्यदलले तयार गरेको प्रतिवेदनले वैदेशिक रोजगारीमा रहेका व्यक्तिको सामाजिक सुरक्षाको आवश्यकतालाई सम्बोधन गर्न सरकारसमक्ष सिफारिश गरेको हो । वैदेशिक रोजगारीका क्रममा रहेका करीब ४३ लाख युवालाई यस अभियानमा सहभागी गराउँदा दीर्घकालीन रुपमा आन्तरिक पूँजी निर्माण गर्न तथा विप्रेषण आप्रवाहमा देखिएको समस्यालाई समाधान गर्नसमेत सहयोग पुग्ने प्रतिवेदनमा औँल्याइएको छ । वैदेशिक रोजगारीमा रहेका व्यक्तिलाई सञ्चय कोष तथा सामाजिक सुरक्षाको योजनामा चरणबद्ध रुपमा…

Read More

विद्युत प्राधिकरणमा टेण्डर फाइल हेर्ने चौधरीबिरुद्ध सवा २ करोड भ्रष्टाचार गरेको आरोपमा मुद्दा

विद्युत प्राधिकरणमा टेण्डर फाइल हेर्ने चौधरीबिरुद्ध सवा २ करोड भ्रष्टाचार गरेको आरोपमा मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण चुहावट नियन्त्रण महाशाखाका उपप्रबन्धक विजयकुमार चौधरीका विरुद्ध करिव सवा दुई करोड भ्रष्ट्राचार गरेको आरोपमा मुद्धा दायर गरेको छ। चौधरीले सार्वजनिक सेवामा रहँदा दुई करोड १४ लाख ५८ हजार रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको ठहर गर्दै विशेष अदालमा मुद्धा दायर गरेको हो। अख्तियारले गरेको अनुसन्धानले चौधरीले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती प्रियंकाकुमारी चौधरी लगायतको नाममा बदनियत साथ राखेको देखिएको छ। चौधरीकी श्रीमती प्रियङ्कालाई समेत प्रतिवादी कायम गरि मुद्धा दायर गरेको छ। चौधरी प्राधिकरणको वितरण संजालका लागि अधिकांश टेण्डरको फाइल तयार पार्ने…

Read More

भारतमा ३६ उपभोग्य बस्तुमा लाग्दै आएको कर हट्यो, सबै भन्सार डिजिटलाइजेसन, नेपाललाई के फाइदा ?

भारतमा ३६ उपभोग्य बस्तुमा लाग्दै आएको कर हट्यो, सबै भन्सार डिजिटलाइजेसन, नेपाललाई के फाइदा ?

भारतीय सरकारले यसअघि ३६ महत्वपूर्ण वस्तुहरुमा लगाउँदै आएको कर हटाएको छ। मोदी सरकारले प्रस्तुत गरेको अन्तरिम बजेटमा मेक इन इन्डिया अन्तर्गतका वस्तुहरुको प्रवर्द्धन तथा प्रभावकारीता बढाउनकालागि यी ३६ सामाग्रीहरुमा कर हटाउने घोषणा गरिएको हो। मेक इन इन्डिया का उत्पादनहरुलाई प्रवर्द्धनकालागि सरकारले सीमा शुल्क तथा प्रक्रियाहरुलाई सहज बनाएको अर्थमन्त्री पियुष गोयलले बजेट भाषणमा उल्लेख गरे। यसैकालागि सरकारले ३६ महत्वपूर्ण सामाग्रीहरुमाथि लगाइँदै आएको शुल्क समाप्त गरेको गोयलले बताए।यसैगरी भारतका सबै भन्सारहरुलाई डिजिटलाइजेसन प्रक्रियामा लैजाने तयारी समेत भएको बजेटमा उल्लेख छ। अर्थमन्त्री पियुष गोयलले प्रस्तुत गरेको बजेटमा आयात निर्यातलाई सुधार गर्नकालागि भन्सारहरुलाई बृहद…

Read More

जापानको निवृत्तिभरण कोषमा अर्बौं डलर नोक्सानी, अन्तर्राष्ट्रिय शेयर बजार ओरालो

जापानको निवृत्तिभरण कोषमा अर्बौं डलर नोक्सानी, अन्तर्राष्ट्रिय शेयर बजार ओरालो

टोकियो। जापानको सार्वजनिक निवृत्तिकरण कोषमा पहिलो चौमासिक अवधिमै १३५ अर्ब डलर नोक्सानी भएको छ। विश्वमै सबैभन्दा ठूलो कोष मानिएको जापानको निवृत्तिभरण कोष विश्वव्यापी रुपमा शेयर बजारमा आएको मन्दीसँगै यतिठूलो नोक्सान भएको हो। सरकारी निवृत्तिभरण लगानी कोषले गत वर्ष सन् २०१८ को अक्टोबरदेखि डिसेम्बरको चार महिनाको अवधिमा करिब ९ दशमलब १ प्रतिशत नोक्सानी भएको जनाएको छ। गत वर्ष सन् २०१८ को अन्तिम चौमासिकमा विश्व शेयर बजार केही खस्किएको थियो। खासगरी, एक महिनाभन्दा बढी समय अमेरिकी सङ्घीय कार्यालयहरु आंशिक बन्द भएका र अमेरिका–चीन व्यापार युद्धले विश्वव्यापी तनाब सिर्जना गरेका कारण शेयर बजारमा अनिश्चय…

Read More

चट्याङ लागेर मृत्यु

चट्याङ लागेर मृत्यु

नेपालगञ्जमा आज दिउँसो चट्याङ लागेर एक जनाको ज्यान गएको छ । भारी वर्षासँगै परेको चट्याङ लागेर नेपालगञ्ज उपमहानगरपालिका—२३ जङ्गली सिंहपुरवाका ३७ वर्र्षीय लाल मोहम्मद दर्जीको मृत्यु भएको हो । चट्याङ लागेर गम्भीर घाइते भएपछि उपचारका लागि नेपालगञ्ज शिक्षण अस्पताल पु¥याए लगत्तै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताए ।

Read More

राष्ट्र निर्माणमा व्यवसायी सङ्घको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री भट्ट

राष्ट्र निर्माणमा व्यवसायी सङ्घको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले राष्ट्र निर्माणमा गति दिनका लागि निर्माण व्यवसायी सङ्घको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । धनगढीमा आज आयोजित निर्माण व्यवसायी सङ्घ कैलालीकोे २५ औँ वार्षिक साधारणसभामा मुख्यमन्त्री भट्टले देश सङ्घीय व्यवस्थामा गएसँगै निर्माण व्यवसायीले विकास निर्माणका कामलाई तिव्रता दिनुका साथै गुणस्तरीयतामा समेत ध्यान दिन जरुरी रहेको बताए । भौतिक पूर्वाधार तथा योजनामन्त्री पठानसिंह बोहराले विकासका दृष्टिकोणले पछाडि परेको सुदूरपश्चिम प्रदेशका जनतालाई विकासको मूल धारमा ल्याउन सङ्घको अहम भूमिका रहेको उल्लेख गरे । निर्माण व्यवसायी सङ्घ कैलालीका अध्यक्ष प्रकाश सेठीले ठेक्का निर्माण सम्झौता प्रक्रियामा देखिएका विभिन्न कानूनी…

Read More

पञ्चकन्यामा गाडी दुर्घटना

पञ्चकन्यामा गाडी दुर्घटना

नुवाकोट पञ्चकन्या गाँउपालिका वडा नं ५ शिवालयमा मिनीट्रक दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । छड लिएर शिवालयबाट कविलास माध्यमिक विद्यालयतर्फ जाँदै गरेको बा ५ ख ५०२५ नंको आइचर कम्पनीको गाडी सडकबाट तल खस्दा त्यसमा सवार चारजनासँगै घाँस काट्दै गरेकी एक महिला घाइते भएका छिन् । सवारी चालक भने फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेको काठमाडौँमा उपचार भइरहेको छ । उपचारत घाइतेको अवस्था सामान्य रहेको र फरार रहेका सवारी चालकको खोजी भइहेको बताइएको छ ।

Read More

भन्सार छलेर भाग्ने पक्राउ

भन्सार छलेर भाग्ने पक्राउ

  मोटरसाइकलमा मोटरपार्टस्का समान ल्याएर भाग्न खोज्ने दुईलाई सशस्त्र प्रहरी बल बिओपी खक्रौलाले आज पक्राउ गरेको छ । मोटरसाइकलमा ट्र्याक्टरका पार्टस् लिएर आएका लम्कीचुहा नगरपालिकाको लम्कीका जनक ढकाल र टीकापुरका कृष्णा चौधरीलाई पक्राउ गरी खक्रौला भन्सार कार्यालयमा बुझाइएको बिओपी खक्रौलाका इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक ध्वजविक्रम शाहीले जानकारी दिए । सीमा पोष्टमा प्रहरीले रोक्नभन्दा हवल्दारलाई नै पेलेर भागेपछि तीन किलोमिटर माथिबाट नियन्त्रणमा लिइएको उनले बताए । भन्सार कार्यालयका प्रमुख वसन्तकुमार केसीले भन्सार ऐन २०६४ दफा ५७ ९३० अनुसार संलग्नले चोरी तस्करी गरेको समानको मूल्य बराबरको रकम पक्राउ परेका दुवैलाई धरौटी माग…

Read More

बाँदर नियन्त्रणका लागि रु पाँच लाख

बाँदर नियन्त्रणका लागि रु पाँच लाख

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाले बाँदर नियन्त्रणका लागि रु पाँच लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाको चौथौ सभाबाट धुस्कुनबाट शुरु गर्ने गरी बाँदर नियन्त्रणको लागि सो बजेट विनियोजित गरिएको हो । किसानको अन्नपात, फलफूल केही बाँकी नराखेर घर–घरमा नै आइ राखेको अन्न समेत खान थालेपछि बाँदर नियन्त्रण अभियान शुरु गरिएको हो । सिन्धुपाल्चोक जिल्लामामै बाँदर बाँदर नियन्त्रक सम्पर्कमा आएपछि बजेट विनियोजित गरिएको हो । वन्यजन्तुलाई कानून विपरीत मार्ने भन्दा समातेर राष्ट्रिय निकुञ्जमा लगिने र बाँदरलाई जङ्गलमानै कसरी राख्न सकिन्छ भन्ने बारे अध्ययन गर्ने निर्णय भएको छ । बाँदरले घरघरमा आएर दुःख…

Read More

होटलको कोठामा मृत फेला

होटलको कोठामा मृत फेला

रोल्पाका एक व्यक्ति काठमाडौँस्थित होटलको कोठाभित्रै मृतावस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित न्यू राप्ती सुपरलजको २०४ नम्बर कोठामा रोल्पा जस्पुर घर भएका करीब ४५ वर्षीय वीरबहादुर विक मृत भेटिएका महानगरीय प्रहरी प्रभाग गोङ्गबुका प्रहरी निरीक्षक मोहनविक्रम केसीले जानकारी दिए । यही माघ ६ गतेदेखि उक्त होटलमा बस्दै आएका विक सुतेको ठाउँ नजिक सातवटा मदिराका बोतल भेटिएकाले अत्यधिक मदिरा पिएका कारण ज्यान गएको अनुमान गरिएको केसीले बताए । शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ । उनको साथबाट पासपोर्टसमेत फेला परेकाले वैदेशिक रोजगारीका लागि काठमाडौँ आएको…

Read More