सिमेन्ट उद्योगमा होङसीको प्रवेशले सुरु भयो प्राइसवार, क्लिकंरको मूल्य टनमै १५ सय घट्यो

सिमेन्ट उद्योगमा होङसीको प्रवेशले सुरु भयो प्राइसवार, क्लिकंरको मूल्य टनमै १५ सय घट्यो

काठमाडौं। चिनियाँ लगानीको होङसी शिवम सिमेन्टले क्लिकंर(चुनढुंगा)मा समेत प्राइसवार सुरु गरेको छ। होङसीले सस्तोमा क्लिकंर बेच्न थालेपछि अरु उद्योगले घटाएर बेच्न थालेका छन्। यो उद्योगले होङसी ब्राण्डको ओपिसी सिमेन्ट सय रुपैयाँ सस्तोमा डिलरलाई बिक्री गरिरहेको छ। केही महिना अघिदेखि उत्पादन सुरु गरेको नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उद्योगले क्लिकंर प्रति टन १५ सय रुपैयाँ कममा बिक्री गर्न थालेको छ। होङसीले घटाएपछि अहिले क्लिकंरको मूल्य प्रति टन ८ हजार ५ सय रुपैयाँ पुगेको छ।  योसँगै अरु उद्योगले पनि क्लिकंरको मूल्य घटाएका छन्। अर्घाखाँची सिमेन्टका संचालक पशुपति मूरारकाले अहिले क्लिकंरको उद्योग मूल्य प्रति…

Read More

जगदम्बाले ल्यायो जगशक्ति गोल्ड छड, धुर्मुस सुन्तलीको क्रिकेट रंगशालालाई २ बर्ष सघाउने

जगदम्बाले ल्यायो जगशक्ति गोल्ड छड, धुर्मुस सुन्तलीको क्रिकेट रंगशालालाई २ बर्ष सघाउने

काठमाडौं । जगदम्बा इन्टरप्राइजेजले नयाँ उत्पादन जगशक्ति गोल्ड टिमएटी छड बजारमा ल्याएको छ । जगदम्बाले आफ्नो नयाँ उत्पादन जगशक्ति गोल्ड छडको सद्भावना दूत (ब्राण्ड एम्बेसडर)मा चर्चित कलाकार तथा समाजसेवी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई नियुक्त गरेको छ । राजधानीमा आयोजित कार्यक्रममा जगदम्बा समुहका अध्यक्ष शंकरलाल अग्रवाल, जगदम्बा इन्टरप्राइजेजका निर्देशकहरु अनिल रुंगटा, विशाल पटवारी तथा स्भावना दूतहरु सीताराम कट्टेल र कुञ्जना घिमिरेले जगशक्ति गोल्ड टिएमटी बार सार्बजनिक गरे । जगदम्बा इन्टरप्राइजेजले धुर्मुस सुन्तलीले चितवनमा बनाउन लागेको अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न जगशक्ति गोल्ड बारको प्रतिमेटिक टन बिक्रीबाट २०…

Read More

टाटा नानो कारको उत्पादन बन्द गर्ने घोषणा

टाटा नानो कारको उत्पादन बन्द गर्ने घोषणा

विश्वकै सबैभन्दा सस्तो कार मानिएको टाटा नानो कारको उत्पादन यसै वर्षदेखि बन्द हुने भएको छ । भारतकै ठूलो कार उत्पादक टाटा मोटर्सले विगत १० वर्षदेखि सानो आकारको नानो कारको उत्पादन गरिआएको थियो । अर्को वर्षको अप्रिलदेखि नानो कारको उत्पादन र बिक्री गर्न लागेको टाटा मोटर्सले जनाएको छ । भारतीय उपभोक्ताले त्यति नरुचाएको यस कारको उत्पादन लागत बढी रहेको बताइन्छ । “हामी नानो कारमा थप सुधार गर्न लगानी थप्ने स्थितिमा छैनौं,” टाटा मोटर्सका अध्यक्ष मयङ्क पारीकले हैदराबादमा बताए । टाटाले सन् २००९ मा निकै तामझामका साथ नानो कार बजारमा ल्याएको थियो…

Read More

रसुवा भन्सारको आय रु १५ अर्ब

रसुवा भन्सारको आय रु १५ अर्ब

तातोपानी नाका बन्द भई उत्तरी नाका रसुवागढीबाट चीनसँगको व्यापारिक कारोवार शुरू भएपछि रसुवा भन्सार कार्यालय टिमुरेले करीब रु १५ अर्ब राजश्व सार्वजनिक गरेको छ । रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार २०७२ साल मङ्सिरदेखि चालू आवको पुस मसान्तसम्म भ्याटसमेत गरी कूल रु १५ अर्ब १२ करोड ६७ लाख राजश्व आर्जन भएको हो । शनिबार मनाइने ६७ औँ विश्व भन्सार दिवस कार्यक्रम तयारीका सिलसिलामा जानकारी दिँदै प्रमुख भन्सार अधिकृत खड्काले समयसापेक्ष भन्सारको काममा सुधार गर्न सिसी क्यामरा जडान गरी चुहावट रोक्न प्रयास गरिएको, जाँचकीलाई दिनैपिच्छे फरक फरक सामान…

Read More

‘भ्यालेन्टाइन डे’ का लागि डेढ करोडको गुलाफ आयात

‘भ्यालेन्टाइन डे’ का लागि डेढ करोडको गुलाफ आयात

–शर्मिला पाठक यस वर्षको प्रणय दिवसका लागि रु एक करोड ५० लाख मूल्यको एक लाख ६० हजार ‘स्टिम’ गुलाफ आयात गरिने भएको छ । माग बढेकाले गत वर्षको तुलनामा यस वर्ष गुलाफको मूल्य बढ्ने बताइएको छ । गत वर्ष रु एक करोड २५ लाख मूल्यको गुलाफ आयात भएको थियो । बजारमा माग बढेकाले भारतबाट यस वर्ष गत वर्षभन्दा धेरै परिमाणमा फूल आयात गर्न लागिएको फ्लोरिकल्चर एशोसिएसन नेपालले जानकारी दिएको छ । यस दिवसमा खपत हुने दुई लाख स्टिममध्ये एक लाख ६० हजार बाहिरी देशबाट ल्याइने र ४० हजार स्टिम नेपालको…

Read More

सातदोबाटो–नारायणगोपाल मेट्रो रेल बनाइने

सातदोबाटो–नारायणगोपाल मेट्रो रेल बनाइने

सरकारले सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक जोड्ने गरी मेट्रो रेल निर्माण गर्ने भएको छ । कूल १२ किलोमिटर लामो उक्त मेट्रो रेल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्न भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको रेल विभागले आज विश्वव्यापी बोलपत्र आह्वान गरेको छ । विभागले डिपिआर तयारीका लागि आशयपत्र पेश गर्न विश्वव्यापी बोलपत्र आह्वान गरेको विभागमा प्रवक्ता अमन चित्रकारले राससलाई जानकारी दिए । सो रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन भइसकेको छ । पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा विस्तृत परियोजना प्रतिवेदन तयार पार्न विश्वव्यापी बोलपत्र आह्वान गरिएको विभागले जनाएको छ । विभागले बोलपत्र प्रक्रियामा आगामी…

Read More

शेयर बजार : झिनो अङ्कले घट्यो

शेयर बजार : झिनो अङ्कले घट्यो

धितोपत्र बजारमा आज शेयर बजारमा सामान्य कमी आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.२ विन्दुले घटेर एक हजार १७२.७८ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०८ विन्दुले घटेर २४८.६५ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १५८ कम्पनीको आठ लाख ७४ हजार ८४ कित्ता शेयर रु २६ करोड ८८ लाख ६५ हजार ८०९ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका कूल दश उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर वृद्धि भएको छ भने पाँच उपसमूहको शेयर घटेको छ । होटल…

Read More

उद्योग सञ्चालन नहुँदा बिचल्लीमा उखु किसान

उद्योग सञ्चालन नहुँदा बिचल्लीमा उखु किसान

नवलपरासी, उखुको क्रसिङको याम शुरु भएको लामो समय बितिसक्दा पनि पश्चिम नवलपरासीका चिनी उद्योग सञ्चालन नहुँदा किसान बिचल्लीमा परेका छन् । अघिल्लो वर्षको करीब रु पाँच करोड चिनी उद्योगबाट नपाएका उखु किसान यस वर्षसमेत समयमै उद्योग सञ्चालनमा नहुँदा बिचल्लीमा परेका हुन् । मङ्सिरको पहिलो साताबाट उखु क्रसिङको याम शुरु भइसक्नुपर्ने भए पनि हालसम्म पश्चिम नवलपरासीका कुनै पनि चिनी उद्योग सञ्चालनमा आएका छैनन् । जिल्लामा इन्दिरा, लुम्बिनी र बागमती गरी तीन ठूला उद्योग छन् । अहिलेसम्म कुनै पनि उद्योग सञ्चालनमा नआउँदा किसानले खेतमा लगाएको उखुबाली दिनप्रतिदिन सुक्दै गएकाले आफूहरू निकै समस्यामा…

Read More

टूटलमाथि राजश्व विभागको छानबिन

टूटलमाथि राजश्व विभागको छानबिन

टुटलले मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता नभई उपभोक्ताबाट कर उठाएको बारे आन्तरिक राजश्व विभागले छानबिन थालेको छ। भ्याटमा दर्ता नभइकनै टुटलले उपभोक्ताबाट भ्याट असुल गरेको समाचार सार्वजनिक भएपछि छानबिन सुरु गरिएको हो । दर्ता नभई भ्याट उठाएको पाइए उक्त कम्पनीमाथि कर निर्धारण हुने छ। त्यसरी निर्धारण भएको करमाथि जरिवाना पनि जोडेर पैसा असुल गरिने छ ।

Read More

बुटवल शेयर बजारको केन्द्र बन्दै, दैनिक करोडको कारोबार

बुटवल शेयर बजारको केन्द्र बन्दै, दैनिक करोडको कारोबार

प्रदेश नं ५ को अस्थायी राजधानी बुटवल शेयर बजारको नयाँ केन्द्रको रूपमा स्थापित हुन थालेको छ । सरकारको नीतिअनुसार विभिन्न दलाल (ब्रोकर) कार्यालय बुटवलमा स्थापना भएपछि शेयर बजारप्रतिको आकर्षणले यहाँ आर्थिक कारोवार बढ्न थालेको स्थानीयले बताएका छन् । शेयर बजारमा नयाँ लगानीकर्ताको प्रवेश बढ्नुका साथै बुटवलका विभिन्न दलाल कार्यालयमा शेयर बजारप्रतिको रुचिले बुटवललाई शेयर ‘हब’ का रूपमासमेत बुझ्न थालिएको रुपन्देहीस्थित सफल नेपाल इन्भेष्टमेण्ट फोरमका अध्यक्ष कमल तिवारी बताउँछन् । “बुटवल आर्थिक ‘हब’ को रूपमा स्थापित भइसकेकाले र शेयर बजार बैंकसँग सम्बन्धित भएकाले बुटवलको छनोट भएको हुन सक्छ”, उनले भने ।…

Read More