वीरगञ्जमा तनावः सात जना ब्यापारी पक्राउ


पर्सा जिल्लाको ग्रामीण क्षेत्रलाई जोड्ने तिलावे पुलमा व्यापारीहरुले टायर बालेर प्रदर्शन गरेका छन् । २५ टन केराउ लोड गरिएको ट्रक प्रहरीले नियन्त्रणमा लिएको बिरोधमा व्यापारीहरुले प्रदर्शन गरेका हुन् ।

तिलावे पुलबाट प्रहरीले गएराति २५ टन केराउ लोड भएको ना४ख १२४ नम्बरको ट्रक नियन्त्रणमा लिएको थियो ।
तर व्यापारीहरुले भने रानीघाटस्थित बालाजी सप्लायर्सबाट १६ लाख ७५ हजार मुल्यमा खरिद गरेको २५ टन केराउ बहुअर्वाभाठामा रहेको संदिप सप्लायर्समा लगिरहेको बेला प्रहरीले तस्करीको केराउ भन्दै नियन्त्रणमा लिएको आरोप लगाएका छन् ।

उनीहरुले प्रहरीले अनावश्यक दुःख दिएको भन्दै तिलावेमा टायर बालेर प्रदर्शन गरेका थिए ।

व्यापारीहरुले टायर बालेर प्रर्दशन गरेका कारण ग्रामिण क्षेत्रमा जाने एक मात्र सडकमा लामो जाम लागेपछि प्रहरीले बल प्रयोग गरेर खुलाएको थियो । सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको छ ।

प्रदर्शन गरी यातायात अवरुद्ध पार्ने ६ जना व्यापारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रदर्शनको समाचार संकलन गर्न गएका केही पत्रकारलाई समेत प्रहरीले दुब्र्यबहार गरेको छ ।


Related posts

Leave a Comment