तिलौराकोटमा भुटानकी रानी(फोटो फिचरसहित)


शम्भू माली, टिभी अन्नपूर्ण कपिलबस्तु ।

भुटानका राजा जिम्मे सिग्मे वाङचुकको श्रीमती रानी आशी दाजी वांगो वाङचुकले प्राचिन कपिलवस्तु स्थित बुद्ध स्थलको अवलोकन भ्रमण गरेकी छन । शुक्रवार भ्रमणको क्रममा उनले प्राचिन कपिलवस्तुमा बुद्धस्थको विकासकालागि भुटान सरकारको सहयोग रहने बताइन् । निजी भ्रमणमा आएकी दाजीसँग छोरा र छोरी समेत आएका थिए । लुम्बिनी हुँदै प्राचिन कपिलवस्ुतमा आएकी दाजीले तिलौराकोट भ्रमण गरेकी हुन ।

बुद्धस्थलको ऐतिहासिक पृष्ठभुमि, महत्व, ऐतिहासिक प्रमाण, लगायतका बिषयमा तिलौराको उत्खन्न प्रमुखले जानकारी गराएका थिए । तिलौराकोट दरबार क्षेत्रमा पैदल मार्ग हुदै भ्रमण गरेकी थिइन्। तिलौराकोटको मुख्य दरबार, पश्चिमी र पुर्बीद्धार,संपन्न भएको उत्खनन क्षेत्रको स्थलगत अवलोकन समेत गरिन् ।

बुद्धस्थलको अवस्था प्रति तिलौराको उत्खन्न प्रमुखसगं चिन्ता ब्यक्त गरिन् । बुद्धहरुको जन्मथलोका पाईला टेक्न पाएकोमा आफु धन्य भएको भन्दै उनले प्राचिन कपिलवस्तुमा रहेको बुद्धस्थलको विकासकालागि हातेमालो गर्ने बताईन । शान्तिका अग्रदुत तथा करौडोका आस्थाका केन्द्र रहेको बुद्धस्थलमा आउन पाउनु नै गौरवको कुरा रहेको भन्दै उनले चीन सरकारले बुद्धस्थलको विकासकालागि सहयोग गर्न तयार रहेको बताईन ।

 

यस्तै तिलौराकोट बुद्धका पिता राजा सुद्धोदनको राजप्रसाद र बुद्धको क्रिडास्थल र दरबारको रुपमा परिचित छ ।


Related posts

Leave a Comment