महिला फुटबल टोली घोषणा

महिला फुटबल टोली घोषणा

निरु थापाको कप्तानीमा २३ सदस्यीय राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरिएको छ । भारतको उडिसा राज्यमा हुने अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका लागि आज २३ सदस्यीय महिला फुटबल टोलीको घोषणा गरिएको हो । गोलकिपरमा अञ्जना रानामगर, उषा नाथ र एञ्जिला सुब्बा, डिफेन्डरमा हीरा भुजेल, गीता राना, पुनम मगर, अमृता जैसी, कविता धिमाल, सुनिता चौधरी, पूजा राना र मनमाया लिम्बु, मिडफिल्डरमा विमला चौधरी, अनिता बस्नेत, दिपा राई, मञ्जलीकुमारी योञ्जन, शर्मिला थापा, सरु लिम्बू, रेनुका नगरकोटी र अनिता केसी तथा फरवार्डमा अनु लामा, रेखा पौडेल, निरु थापा र सावित्रा भण्डारीलाई टोलीमा समावेश गरिएको मुख्य…

Read More

टाटा नानो कारको उत्पादन बन्द गर्ने घोषणा

टाटा नानो कारको उत्पादन बन्द गर्ने घोषणा

विश्वकै सबैभन्दा सस्तो कार मानिएको टाटा नानो कारको उत्पादन यसै वर्षदेखि बन्द हुने भएको छ । भारतकै ठूलो कार उत्पादक टाटा मोटर्सले विगत १० वर्षदेखि सानो आकारको नानो कारको उत्पादन गरिआएको थियो । अर्को वर्षको अप्रिलदेखि नानो कारको उत्पादन र बिक्री गर्न लागेको टाटा मोटर्सले जनाएको छ । भारतीय उपभोक्ताले त्यति नरुचाएको यस कारको उत्पादन लागत बढी रहेको बताइन्छ । “हामी नानो कारमा थप सुधार गर्न लगानी थप्ने स्थितिमा छैनौं,” टाटा मोटर्सका अध्यक्ष मयङ्क पारीकले हैदराबादमा बताए । टाटाले सन् २००९ मा निकै तामझामका साथ नानो कार बजारमा ल्याएको थियो…

Read More

ट्रम्पका पुर्व सल्लाहकार पक्राउ

ट्रम्पका पुर्व सल्लाहकार पक्राउ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका पुर्व सल्लाहकार रोजर स्टोन शुक्रबार पक्राउ परेका छन् । विषेश परामर्शदाता रोबर्ट मुलरको उजुरीका आधारमा उहाँलाई पक्राउ गरिएको अमेरिकी समाचार माध्यमहरुले जनाएका छन् । स्टोनलाई सात अभियोग लगाइएको न्युयोर्क टाइम्स र अन्य सञ्चार माध्यमहरूले मुलरको कार्यालयको श्रोतलाई उल्लेख गर्दै समाचार लेखेका छन् । झुटो वक्तव्य बनाएको, प्रक्रियागत कामहरुमा अवरोध गरेको, प्रमाणहरू विगारेकोलगायतका आरोपहरू स्टोनमाथि लगाइएको छ ।

Read More

पहिलो एकदिवसीयमा नेपाल युएईसँग पराजित

पहिलो एकदिवसीयमा नेपाल युएईसँग पराजित

यूएईविरुद्ध पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा शुक्रबार नेपाल ३ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १ सय १३ रनको समन्य लक्ष्य पछ्याउने क्रममा यूएई एक समय दबाबमा रहेपनि ३३ औं ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य प्राप्त गर्यो । युएईका लागि घुलाम शब्बेरले ३०, सैमन अन्वारले ११, मोहम्मद उस्मन ६, अष्फाक अहमद पाँच, चिराग सुरीले चार र फाहाद नवाजले दुई रन बनाएर आउट भए । नेपालका लागि सन्दीप लामिछाने, करण केसी र कप्तान पारस खड्काले समान २–२ विकेट लिए पनि जित दिलाउन भने सकेनन् । त्यस्तै, सोमपाल कामीले एक विकेट…

Read More

चट्याङ लागेर मृत्यु

चट्याङ लागेर मृत्यु

नेपालगञ्जमा आज दिउँसो चट्याङ लागेर एक जनाको ज्यान गएको छ । भारी वर्षासँगै परेको चट्याङ लागेर नेपालगञ्ज उपमहानगरपालिका—२३ जङ्गली सिंहपुरवाका ३७ वर्र्षीय लाल मोहम्मद दर्जीको मृत्यु भएको हो । चट्याङ लागेर गम्भीर घाइते भएपछि उपचारका लागि नेपालगञ्ज शिक्षण अस्पताल पु¥याए लगत्तै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताए ।

Read More

राष्ट्र निर्माणमा व्यवसायी सङ्घको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री भट्ट

राष्ट्र निर्माणमा व्यवसायी सङ्घको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले राष्ट्र निर्माणमा गति दिनका लागि निर्माण व्यवसायी सङ्घको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । धनगढीमा आज आयोजित निर्माण व्यवसायी सङ्घ कैलालीकोे २५ औँ वार्षिक साधारणसभामा मुख्यमन्त्री भट्टले देश सङ्घीय व्यवस्थामा गएसँगै निर्माण व्यवसायीले विकास निर्माणका कामलाई तिव्रता दिनुका साथै गुणस्तरीयतामा समेत ध्यान दिन जरुरी रहेको बताए । भौतिक पूर्वाधार तथा योजनामन्त्री पठानसिंह बोहराले विकासका दृष्टिकोणले पछाडि परेको सुदूरपश्चिम प्रदेशका जनतालाई विकासको मूल धारमा ल्याउन सङ्घको अहम भूमिका रहेको उल्लेख गरे । निर्माण व्यवसायी सङ्घ कैलालीका अध्यक्ष प्रकाश सेठीले ठेक्का निर्माण सम्झौता प्रक्रियामा देखिएका विभिन्न कानूनी…

Read More

पञ्चकन्यामा गाडी दुर्घटना

पञ्चकन्यामा गाडी दुर्घटना

नुवाकोट पञ्चकन्या गाँउपालिका वडा नं ५ शिवालयमा मिनीट्रक दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । छड लिएर शिवालयबाट कविलास माध्यमिक विद्यालयतर्फ जाँदै गरेको बा ५ ख ५०२५ नंको आइचर कम्पनीको गाडी सडकबाट तल खस्दा त्यसमा सवार चारजनासँगै घाँस काट्दै गरेकी एक महिला घाइते भएका छिन् । सवारी चालक भने फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेको काठमाडौँमा उपचार भइरहेको छ । उपचारत घाइतेको अवस्था सामान्य रहेको र फरार रहेका सवारी चालकको खोजी भइहेको बताइएको छ ।

Read More

भन्सार छलेर भाग्ने पक्राउ

भन्सार छलेर भाग्ने पक्राउ

  मोटरसाइकलमा मोटरपार्टस्का समान ल्याएर भाग्न खोज्ने दुईलाई सशस्त्र प्रहरी बल बिओपी खक्रौलाले आज पक्राउ गरेको छ । मोटरसाइकलमा ट्र्याक्टरका पार्टस् लिएर आएका लम्कीचुहा नगरपालिकाको लम्कीका जनक ढकाल र टीकापुरका कृष्णा चौधरीलाई पक्राउ गरी खक्रौला भन्सार कार्यालयमा बुझाइएको बिओपी खक्रौलाका इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक ध्वजविक्रम शाहीले जानकारी दिए । सीमा पोष्टमा प्रहरीले रोक्नभन्दा हवल्दारलाई नै पेलेर भागेपछि तीन किलोमिटर माथिबाट नियन्त्रणमा लिइएको उनले बताए । भन्सार कार्यालयका प्रमुख वसन्तकुमार केसीले भन्सार ऐन २०६४ दफा ५७ ९३० अनुसार संलग्नले चोरी तस्करी गरेको समानको मूल्य बराबरको रकम पक्राउ परेका दुवैलाई धरौटी माग…

Read More

बाँदर नियन्त्रणका लागि रु पाँच लाख

बाँदर नियन्त्रणका लागि रु पाँच लाख

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाले बाँदर नियन्त्रणका लागि रु पाँच लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाको चौथौ सभाबाट धुस्कुनबाट शुरु गर्ने गरी बाँदर नियन्त्रणको लागि सो बजेट विनियोजित गरिएको हो । किसानको अन्नपात, फलफूल केही बाँकी नराखेर घर–घरमा नै आइ राखेको अन्न समेत खान थालेपछि बाँदर नियन्त्रण अभियान शुरु गरिएको हो । सिन्धुपाल्चोक जिल्लामामै बाँदर बाँदर नियन्त्रक सम्पर्कमा आएपछि बजेट विनियोजित गरिएको हो । वन्यजन्तुलाई कानून विपरीत मार्ने भन्दा समातेर राष्ट्रिय निकुञ्जमा लगिने र बाँदरलाई जङ्गलमानै कसरी राख्न सकिन्छ भन्ने बारे अध्ययन गर्ने निर्णय भएको छ । बाँदरले घरघरमा आएर दुःख…

Read More

होटलको कोठामा मृत फेला

होटलको कोठामा मृत फेला

रोल्पाका एक व्यक्ति काठमाडौँस्थित होटलको कोठाभित्रै मृतावस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित न्यू राप्ती सुपरलजको २०४ नम्बर कोठामा रोल्पा जस्पुर घर भएका करीब ४५ वर्षीय वीरबहादुर विक मृत भेटिएका महानगरीय प्रहरी प्रभाग गोङ्गबुका प्रहरी निरीक्षक मोहनविक्रम केसीले जानकारी दिए । यही माघ ६ गतेदेखि उक्त होटलमा बस्दै आएका विक सुतेको ठाउँ नजिक सातवटा मदिराका बोतल भेटिएकाले अत्यधिक मदिरा पिएका कारण ज्यान गएको अनुमान गरिएको केसीले बताए । शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ । उनको साथबाट पासपोर्टसमेत फेला परेकाले वैदेशिक रोजगारीका लागि काठमाडौँ आएको…

Read More