कटारीका मजदुरले स्थानीय सरकारलाई बुझाए ज्ञापन पत्र

कटारीका मजदुरले स्थानीय सरकारलाई बुझाए ज्ञापन पत्र

अभिमन्यु लामिछाने, टिभी अन्नपूर्ण, उदयपुर । कटारीका मजदुरले स्थानीय सरकार समक्ष ज्ञापनपत्र बुझाएका छन्। बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियनले आज कटारी नगरपालिकाको कार्यालयमा आएर ज्ञापनपत्र बुझाएका हुन। ज्ञापनपत्र बुझ्दै कार्यवाहक नगरप्रमुख भीम कुमारी राउतले स्थानीय सरकारले सम्बोधन गर्न सकिने मजदुरका मागहरू सम्बोधन गर्न आफूले सहयोग गर्ने बताए। नेपाल सरकारबाट अनुभव प्राप्त सम्पूर्ण निर्माण व्यवसायीलाई सामाजिक सुरक्षा कोषमा सुचीकृत गरी उनीहरूसँग काम गर्ने सम्पूर्ण मजदुरहरूको नाममा सामाजिक सुरक्षा कोष कट्टा गर्ने व्यवस्था गर्न र सम्पूर्ण श्रमिकहरूलाई सामाजिक सुरक्षाकोषमा सुचीकृत गराउने व्यवस्था गर्न गरिएको मजदुर युनियन कटारीका अध्यक्ष तेज नारायण…

Read More

दुई फरार अभियुक्त कारागार चलान

दुई फरार अभियुक्त कारागार चलान

प्रहरीले वहुविवाहको आरोपमा कैद सजाय तोकिएका दुई फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरी चौकी वालाङ्खाको टोलीले वहुविवाह मुद्दामा जिल्ला अदालतबाट ११ महिना ११ दिन कैद तथा रु पाँच हजार जरिवाना तोकिएका आमचोक गाउँपालिका–४ का ३० वर्षीय उमेश राई र ३१ वर्षीय डम्बरकुमारी राईलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पठाएको थियो । दुवै जनालाई आज कारागार चलान गरिएको छ ।

Read More

जुफाल विमानस्थल तीन दिनदेखि अवरुद्ध

जुफाल विमानस्थल तीन दिनदेखि अवरुद्ध

हिमपातका कारण जुफाल विमानस्थल तीन दिनदेखि अवरुद्ध छ । हवाई मैदानमा बाक्लो हिउँ जमेकाले हवाईसेवा बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरण जुफालका प्रमुख बालकुमार सिंहले जानकारी दिए । “मङ्गलबारदेखि हिमपातका कारण जुफाल विमानस्थल अवरुद्ध छ, कुनै हवाईउडान हुन सकेको छैन,” उनले भने । हवाईसेवा बन्द भएपछि दैनिक उपभोग्य सामग्रीसमेत ढुवानी गर्न सकिएको छैन । उडान नभएका कारण जुफाल विमानस्थलमा यात्रुको चाप बढेको छ । “हिउँ पग्लेपछि हवाईउडान थालिनेछ,” सिंहले भने । लगातारको हिमपात पछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।

Read More

कठ्याङ्ग्रिएर एक जनाको मृत्यु

कठ्याङ्ग्रिएर एक जनाको मृत्यु

चिसोले कठ्याङ्ग्रिएर जुम्लाको सिँजा गाउँपालिका–६ जोडूका २७ वर्षीय शिवचन्द्र बुढाको मृत्यु भएको छ । उनको पठमाराबाट जोडू जाने क्रममा नाकुल्लीमा चिसोले कठ्याङ्ग्रिएर बुधबार मृत्यु भएको जोडू माध्यमिक विद्यालयका प्रधानाध्यापक नरबहादुर बुढाले जानकारी दिए । पठमाराबाट राडीपाखी खरिद गरी जोडू गाउँ जान हिँडेका बुढा नाकुल्लीमा हिमपातमा परेका थिए । बाक्लो हिउँ परेका कारण उनको शव घर लैजान नसकिएको र घटना स्थलमै दाह संस्कार गरिएको बुढाले जानकारी दिए ।

Read More

प्रहरी परिसरमा नागरिक सहायता कक्ष

प्रहरी परिसरमा नागरिक सहायता कक्ष

महानगरीय प्रहरी परिसर भक्तपुरले सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले टोकन वितरण थालेको छ । प्रहरी परिसरको मुख्य द्वारमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा नागरिक सहायता कक्ष स्थापना गरेर सेवाग्राहीलाई सेवा उपलब्ध गराउन थालिएको प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, “अब सेवा लिन आउने सेवाग्राहीलाई अन्योल हँुदैन ।” सेवाग्राहीले सेवा लिन जाने शाखाको भित्तामा लगाइएको रङ्ग अनुसारको टोकन लिएर जाने र सोही टोेकन अनुसारको रङ्ग लगाइएको शाखामा गएर सेवा लिन सक्नेछन् । सेवाग्राहीलाई महिला तथा बालबालिका कक्ष, मुद्दा शाखा, थुनुवा कक्ष, प्रशासन कक्ष, प्रमुखको कक्षलगायतको भित्तामा फरक फरक…

Read More

सातदोबाटो–नारायणगोपाल मेट्रो रेल बनाइने

सातदोबाटो–नारायणगोपाल मेट्रो रेल बनाइने

सरकारले सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक जोड्ने गरी मेट्रो रेल निर्माण गर्ने भएको छ । कूल १२ किलोमिटर लामो उक्त मेट्रो रेल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्न भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको रेल विभागले आज विश्वव्यापी बोलपत्र आह्वान गरेको छ । विभागले डिपिआर तयारीका लागि आशयपत्र पेश गर्न विश्वव्यापी बोलपत्र आह्वान गरेको विभागमा प्रवक्ता अमन चित्रकारले राससलाई जानकारी दिए । सो रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन भइसकेको छ । पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा विस्तृत परियोजना प्रतिवेदन तयार पार्न विश्वव्यापी बोलपत्र आह्वान गरिएको विभागले जनाएको छ । विभागले बोलपत्र प्रक्रियामा आगामी…

Read More

घुस मागेको अभियोगमा पक्राउ

घुस मागेको अभियोगमा पक्राउ

नेपाल बैंक लिमिटेड श्रीपुर शाखा, वीरगञ्जबाट कृषि ऋण मिलाइदिने भन्दै घुस लिएको अभियोगमा नेपाल राष्ट्रिय प्राथमिक विद्यालय छिपहरमाई पर्साका प्रधानाध्यापक प्रभु गिरीलाई पक्राउ गरेको छ । आयोगले प्रधानाध्यापक गिरीलाई रु १२ हजार घुससहित आज विद्यालय परिसरबाट पक्राउ गरेको हो । आरोपी प्रअको अनुसन्धान भइरहेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए । यस्तै आयोगले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत प्रहरी हवल्दार चन्द्रा भण्डारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । यस्तै आयोगले जनता माध्यमिक विद्यालय बलरा ५, सर्लाहीका माध्यमिक शिक्षक देवनारायण ठाकुरको शैक्षिक…

Read More

खेल नै समृद्धिको आधार हो: मन्त्री खनाल

खेल नै समृद्धिको आधार हो: मन्त्री खनाल

कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले खेल नै समृद्धिको आधार भएको बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाले आजदेखि आयोजना गरेको मेयरकप भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा मन्त्री खनालले विकसित देश खेलकै माध्यमबाट समृद्ध बनेकाले नेपाललाई पनि खेल क्षेत्रबाट समृद्ध बनाउनुपर्ने बताए । सो अवसरमा सांसद हिराचन्द्र केसीले प्रतियोगिताको सफलताको कामना गरेका हुन् । तुलसीपुर उपमहानगरपालिकाका खेल संयोजक अमर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले खेलको माध्यमबाट तुलसीपुरलाई समृद्ध बनाउन प्रतियोगिताको आयोजना गरिएको बताए । यस वर्ष जिल्लाका स्थानीय तहस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगिता यही…

Read More

अनशनले कानून बनाउन मिल्दैनः सरकारका प्रवक्ता बाँस्कोटा

अनशनले कानून बनाउन मिल्दैनः सरकारका प्रवक्ता बाँस्कोटा

प्रतिनिधि सभामा पेश हुने तयारीमा रहेको चिकित्सा शिक्षा विधेयकले डा. गोविन्द केसीको शतप्रतिशत माग पूरा भएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताएका छन् । विहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बास्कोटाले अनशनरत डा। केसीलाई उचाल्नेहरूले वास्तविक विधेयक पढ्न नदिएर गुमराहमा राखेको हुन सक्ने बताए । ‘हावामा तरवार चलाएर निशाना लाग्दैन,’ बाँस्कोटाले भने, ‘डा. केसीले संसदमा पेश हुन लागेको विधेयक नै नपढी अनशन थाल्नुभएको छ, यदि उहाँले यो विधेयकको विरुद्धमा अनशन बसेको हो भने उहाँको अनशन आफैं विरुद्धको अनशन हो ।’ नेपालमा सबभन्दा बढी छलफल चिकित्सा शिक्षा…

Read More

करेन्ट लागेर बालिकाको मृत्यु

करेन्ट लागेर बालिकाको मृत्यु

अनिल पोखरेल, टिभी अन्नपूर्ण । सप्तरीमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । महादेव गाउँपालिका २ का चन्द शाहकी १८ महिनाकी छोरी ज्योती साहको विहीवार बिहान करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घरमा खेल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read More