विद्युत प्राधिकरणमा टेण्डर फाइल हेर्ने चौधरीबिरुद्ध सवा २ करोड भ्रष्टाचार गरेको आरोपमा मुद्दा


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण चुहावट नियन्त्रण महाशाखाका उपप्रबन्धक विजयकुमार चौधरीका विरुद्ध करिव सवा दुई करोड भ्रष्ट्राचार गरेको आरोपमा मुद्धा दायर गरेको छ।

चौधरीले सार्वजनिक सेवामा रहँदा दुई करोड १४ लाख ५८ हजार रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको ठहर गर्दै विशेष अदालमा मुद्धा दायर गरेको हो।

अख्तियारले गरेको अनुसन्धानले चौधरीले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती प्रियंकाकुमारी चौधरी लगायतको नाममा बदनियत साथ राखेको देखिएको छ।

चौधरीकी श्रीमती प्रियङ्कालाई समेत प्रतिवादी कायम गरि मुद्धा दायर गरेको छ। चौधरी प्राधिकरणको वितरण संजालका लागि अधिकांश टेण्डरको फाइल तयार पार्ने काम गर्थे।


Related posts

Leave a Comment